बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

काँग्रेस महाधिवेशनमा ट्राफिक जाम : पद्‍मोदय मोडबाट सवारी डाइभर्ट, खुल्लामञ्चमा पार्किङ गरिने


  • शुक्रबार, मंसिर २४ २०७८
8.3K
SHARES

फाइल तस्विर

तपाईं आज दिउँसो जरुरी कामले काठमाडौंको सडकमा निस्कँदै हुनुहुन्छ ? ख्याल गर्नुहोला, भृमुटीमण्डपमा नेपाली काँग्रेसको महाधिवेसन उदघाटनका कारण तपाई सवारी जाममा पर्ने खतरा छ । काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शुक्रवार दिउँसो १ बजे धृकुटी मण्डपमा हुँदैछ ।

महाधिवेशन उद्घाटनका बेला काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने प्रहरीको आकलन छ । तर, नेपाली काँग्रेसले उद्घाटनअघि जुलुस ननिकाल्ने निर्णय गरेको हुनाले सवारी जाम तुलनात्मक रुपमा कम हुने ट्राफिक प्रहरी महाशाखाको दाबी छ ।

तर, दिउँसो महाधिवेशन उद्घाटनको समयमा प्रदर्शनीमार्ग, टुँडीखेल, सुन्धारा, पुतलीसडक र माइतीघरमा सवारी जाम हुने महाशाखाले जनाएको छ ।

महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डपतर्फ जाने सड्कमा ट्राफिक महाशाखाले सवारी–साधन डाइभर्ट गर्ने निर्णय गरेको छ । पद्मोदय मोडबाट पर्यटनबोर्डतिर जाने सवारीलाई विहान १० बजेपछि डाइभर्ट गरेर पुतलीसडकतर्फ पठाउने ट्राफिक महाशाखाका एसपी सञ्जिव शर्माले रातोपाटीलाई बताए । रत्नपार्कबाट आएका गाडी र मोटरसाइकल पनि राष्ट्रिय सभागृहतर्फ छिर्न पाउने छैनन् ।

महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । महाधिवेशनमा जाने गाडी र मोटरसाइकललाई खुल्लामञ्चमा पार्किङ गरिने छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा पार्किङ गर्न अनुमति दिएको एसपी शर्माले बताए । महानगरले खुल्लामञ्चसँगै यसअघि संचालित बसपार्कमा पनि पार्किङ अनुमति दिएको छ ।

पद्मोदय–सभागृह सडक खण्ड बाहेक अन्यत्र सवारी डाइभर्ट गरिएको छैन । भीआईपीका सवारी साधन भृकुटीमण्डपभित्रै पार्किङ गरिने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा