नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने बताएका छन् ।
बिहीबार संसदकाे अर्थ समितिको बैठकमा गभर्नर नेपालले अर्थतन्त्रलाई पर्नसक्ने सम्भावित असरलाई ध्यान दिँदै आयातमा थप कडाइ गर्ने याेजना रहेको सुनाए ।
राष्ट्र बैंकले आयात राेक्न नसक्ने तर आयातलाई निरुत्साहित गर्ने नीति बनाउन सकिने बताए । यसका विषयमा अर्थमन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंकर संघका साथै अन्य सराेकारवालाहरुसँग छलफल गरिरहेको गभर्नर अधिकारीले बताए ।
‘अब हामी विलासिताका वस्तु आयातलाई निरुत्साहित गर्छौं, यसले अहिले देखिएका समस्याहरु समाधान हाेलान्’ सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गभर्नर अधिकारीले भने ।
समितिकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पनि आवश्यकता हेरेर आयातमा कडाइ गर्नु पर्ने बताएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।