बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

जनप्रतिनिधिको कुटाकुट : गाउँपालिका उपाध्यक्षले एक सटमा अध्यक्षको भाँचिदिइन दुई दाँत !


  • मंगलबार, मंसिर २१ २०७८
11.2K
SHARES

फाइल तस्विर

सप्तरीमा जनप्रतिनिधिबीच झडप हुँदा एक जनप्रतिनिधिको दाँत भाँचिएको छ । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत भाँचिएको हो ।

कुटाकुटमा अध्यक्ष सूर्यनारायण मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्ष उषाकुमारी मण्डललाई पनि हातमा चोट लागेको जनाइएको छ ।

मङ्गलबार गाउँ कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहँदा अध्यक्ष र उपाध्यक्षबीच एकाएक विवाद भएको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले बताए ।

उनले भने, ‘ बैठकमा सामान्य छलफल नै भइरहेको थियो । सोही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच विवाद बढ्दै कुटाकुट हुन थाल्यो, त्यसपछि हेर्दा थाहा भयो अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा