नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ कम भएर एक हजार २०५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।