सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुन आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा यसको कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।