शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काँग्रेस काठमाडौँ जिल्ला सभापतिका लागि सबुज बानियाँ समूहको प्यानल घोषणा


  • आइतबार, मंसिर १२ २०७८
10.2K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसको १४औं महाधिवेशनका कृष्ण बानियाँ (सबुज) को नेतृत्वमा प्यानल घोषणा गरिएको छ। पार्टीका नेता प्रकाशमान सिंह र गगनकुमार थापाको उपस्थितिमा शनिबार राजधानीको एक पार्टी प्यालेसमा भएको जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको उम्मेदवारी घोषणा सभामा वर्तमान सभापति सबुज बानियाँको नेतृत्वमा प्यानल घोषणा गरिएको हो।

पार्टीको संगठनलाई शसक्त र बलियो बनाउन आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको भन्दै बानियाँको समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा डा अमिता प्रधानलाई आफूहरुको प्यानलबाट उम्मेदवार बनाउने निर्णय भएको नेता थापाले घोषणा गरेका थिए। बानियाँले काठमाडौं कांग्रेसमा दोश्रो कार्यकालको लागि प्रतिष्पर्धा गर्दैछन्। हालका सचिव राजकुमार नकर्मीलाई उपसभापति र हालका कोषाध्यक्ष गोविन्द पुडासैनीलाई सचिव पदको उम्मेदवार बनाइएको छ ।

बानियाँको प्यानलबाट अर्का उपसभापतिका उम्मेदवार केसी र सचिव इन्द्रबहादुर थापा नयाँ अनुहार हुन्। घोषणासभामा बानियाँले पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट सक्षम नेतृत्व आवश्यक रहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा