नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ३० भन्दा बढी जिल्लाको अधिवेशन आजदेखि शुरु भएको छ।
दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आजदेखि निर्वाचन प्रक्रिया अगाडि बढेको कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।
रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यसअघि सम्पन्न भइसकेको छ ।
दुई निर्वाचन क्षेत्र भएको गोरखामा पनि जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।
हालसम्म ३० भन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य घिमिरेले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।