साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।