मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

वाणिज्य बैंकको निक्षेप एक महिनामै ३५ अर्ब निक्षेप घट्यो, कर्जा प्रवाह भने ३६ अर्ब बढी


  • KTM Khabar
  • शुक्रबार, मंसिर ३ २०७८
950
SHARES

फाइल तस्विर

नेपालका २७ वाणिज्य बैंकहरूको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । तर, कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँले बढेको छ । यो हिसाब हेर्दा पछिल्लो महिना बैंकहरूमा निक्षेप निरन्तर घटिरहेको र कर्जा प्रवाह यसको ठिक विपरीत अर्थात् बढिरहेको पाइएको छ ।

कात्तिक महिनाभर वाणिज्य बैंकहरूले कूल ३५ अर्ब ३१ करोड रुपैयाँ बराबर कर्जा प्रवाह गरेका हुन् । यो महिनामा सबै वाणिज्य बैंकमा कूल ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप जम्मा भएको हो । यसैगरी, ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ कर्जा माग भएको छ ।  नेपाल बैंकर्स एशोसिएशनले उपलब्ध गराएको तथ्यांकअनुसार २७ मध्ये आठवटा वाणिज्य बैंकमा मात्र निक्षेप बढेको छ । यसैगरी, सातवटा वाणिज्य बैंकमा मात्र कर्जा माग अघिल्लो महिनाको तुलनामा घटेको छ । बाँकी बैंकहरूमा भने कर्जा माग बढ्दो छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले तीन खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । तर, निक्षेप भने ३२ अर्ब रुपैयाँमात्र थपिएको छ । निक्षेप संकलन तुलनामा वाणिज्य बैंकहरूले ९.७८ गुणा बढी कर्जा प्रवाह गरेका हुन् । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनदेखि नै बैंक तथा वित्तीय संस्थाहरूले तरलता सङ्कट भोगिरहेका छन् । सो महिना नै बैंकहरूको निक्षेप ७८ अर्ब रुपैयाँ घटेको थियो । भदौ महिनामा ४८ अर्ब र असोज महिनामा ९८ अर्ब रुपैयाँ निक्षेप थपिएपनि कात्तिक महिनामा निक्षेप ३६ अर्ब रुपैयाँ घटेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा