मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

बैंकहरूले तोके मुद्दती बचतमा नयाँ ब्याजदर, हेर्नुहोस् कुनको कति?


  • KTM Khabar
  • बुधबार, मंसिर १ २०७८
1.3K
SHARES

फाइल तस्विर

बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती बचतमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। विभिन्न बैंकहरूले मंसिरदेखि लागू हुने गरी नयाँ ब्याजदर आफ्नो वेबसाइटमा सार्वजनिक गरेका हुन्।

यसअघि धेरै बैंकहरूले मुद्दती बचतमा ९.३६ प्रतिशतभन्दा ब्याज दिएका थिए। राष्ट्र बैंकले आइतबार नयाँ निर्देशन जारी गर्दै बैंकहरूलाई औसतमा ब्याजदर निर्धारण गर्न भनेको थियो।

सबै बैंकले आफ्नो निक्षेपको अधिकतम औसत ब्याजदर निकाली त्यसमा १० प्रतिशत थपघट गरेर मात्र नयाँ ब्याजदर तोक्नुपर्नेछ।

यसनिम्ति बैंकहरूले आ-आफ्नो निक्षेपको औसत ब्याजदर निकालेर त्यही औसतका आधारमा नयाँ ब्याजदर कायम गरेका हुन्।

अहिले अधिकांश बैंकले मुद्दतीमा अधिकतम ब्याजदर १०.०५ प्रतिशत पुर्‍याएका छन्। निर्देशनअनुसार बैंकहरूले ब्याजदर मासिक रूपमा मात्र निर्धारण गर्न पाउनेछन्।

ब्याजदरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा