मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

बैङ्कबाट ऋण लिनु भएको छ ? लिनु भएको छ भने यो सूचना पढीहाल्नुहोस्…


  • KTM Khabar
  • बुधबार, मंसिर १ २०७८
1.7K
SHARES

फाइल तस्विर

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकहरुलाई २०७७ मा जारी गरिएको निर्देशन संशोधन गरेको छ ।

अब बैंक तथा वित्तीय संस्थाले औसतमा १० प्रतिशतभन्दा बढी ब्याजदर संशोधन गर्न नपाउने नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । सम्पुर्ण बैंकिङ प्रणालीमा समस्या नदेखियोस भनेर राष्ट्र बैंकले यो व्यवस्था गरेको स्रोत बताउँछ ।

अहिलेको नयाँ व्यवस्था अनुसार बैंक हरुले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर कल निक्षेप बाहेकको औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तरको व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।

उदाहरणका लागि यदि, अघिल्लो महिना ‘क’ वर्गका सबै बैंकले प्रकाशन गरेका अधिकतम ब्याजदरको औसत ८.५ प्रतिशत भएमा सोमा १० प्रतिशतले बृद्धि गरी कायम हुने ९ ३५ प्रतिशतसम्म मात्र ‘क’ वर्गका बैंकले अधिकतम ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

औसत ब्याजदरको अधिकतम र न्यूनतमलाई आधार मानेर यो व्यवस्था गरिएको हो । राष्ट्र बैंकका अनुसार पहिलाको व्यवस्थाले आफूले प्रकाशित गरेको १० प्रतिशत भन्ने थियो । त्यसले गर्दा आफूले प्रकाशित गरेको १० प्रतिशतबाट धेरै माथि जान सक्ने देखिएकोले त्यसलाई रोक्न औषत १० प्रतिशत कायम गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा