मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

नेप्से परिसूचकको ओरोलो यात्रा कायमै


  • KTM Khabar
  • बिहिबार, कार्तिक २५ २०७८
1K
SHARES

फाईल तस्बिर

शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम बिहीबार पनि दोहोरिएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार करिब ६० अंकले घटेको छ । बुधबार भने सार्वजनिक बिदाका कारण बुधबार भने बजार बन्द रह्यो ।

नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६३ अंकले घटेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बिहीबार सुस्तायो । यस अघिको कारोबारमा साढे ६ अर्ब बढीको शेयर किनबेच भएपनि बिहीबार जम्मा ५ अर्ब ११ करोडमा रोकिएको छ ।

केहि दिन अघिसम्म लगातार बढिरहेका कम्पनीहरु आइसीएफसी र महालक्ष्मी विकास बैंकको शेयर मूल्य बिहीबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएका छन् । यी दुबै कम्पनीहरुको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा