शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

तिहार पछि आउने तयारीमा रहेका ठूला आइपीओहरु…


  • बुधबार, कार्तिक १७ २०७८
8.1K
SHARES

फाइल तस्विर

नेपालीहरुमाझ सेयर अहिले चर्चाको बिषय छ । आइपीओ भर्नेहरु गाउँ गाउँमा हुन थालेका छन् । यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम जारी छ ।

पछिल्लो समय शेयर बजारमा रौनक आएसँगै यसको चर्चा फेरि चुलिएको छ । यसै बीच नेपालमा ६ अर्ब माथिको आइपीओ आउने तयारीमा रहेका छन् ।
कुन कम्पनीको आउँदैछ आईपिओ :

रीलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड ७२ लाख ६० लाख कित्ता प्रिमियम समेत थपेर प्रति कित्ता २१२ रुपैयाँमा, आइएमई लाइफ इन्स्योरेन्सको ६० करोडले हुन आउने ६० लाख कित्ता, दोर्दी खोला हाइड्रोको २९ करोड ५१ लाख ९२ हजार ९ सय बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता, अपर सोलु हाइड्रोको ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता डिश होमको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता बुक विल्डिंग विधिबाट आउने सम्भावना, अपर हेवाखोला हाइड्रोको २० करोड बराबरको २० लाख कित्ता, बिन्धवासिनी हाइड्रोको २५ करोड बराबरको २५ लाख कित्ता, हिमालयन हाइड्रोको २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता, सयपत्री हाइड्रोको ९ करोड बराबरको ९ लाख कित्ता, इमार्जिंग नेपाल लिमिटेडको ५ करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख बराबरको ८ लकः ५० हजार कित्ता, मोलुंग हाइड्रोको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता, पुकार लघुवित्तको २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता, रिभर फल्स पावरको ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता, थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता, सीवाईसी नेपाल लघुवित्तको ३ करोड ९५ लाख ३३ हजार ६ सय बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता बलेफी हाइड्रोको ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, ग्रिन भेन्चर्स लिमिटेडको ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता, नेस्ड़ो सम्बृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार बर्बर्को ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपीओ आउने क्रममा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा