शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ६ अर्ब माथिको कारोबार


  • बुधबार, कार्तिक १० २०७८
11.9K
SHARES

फाइल तस्विर

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ ।

१८ दशमलव ६ अंकले बढेर आज नेप्से दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८ दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ५१ दशमलब सात विन्दुमा पुगेको थियो ।

आज ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । यस बैंकको ४३ करोड भन्दाबढीको कारोबार भएको छ ।

आज जीवन बिमा समूहको सूचकमा दुई अंकको सुधार भएको छ भने निर्जीवन बिमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको सूचकमा एक प्रतिशतभन्दा बढीको सुधार भएको छ । आज ओरालो लाग्ने समूहको सूचकमा होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा बेष्ट फाइनान्सका लगानीकर्ता रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा