शनिबार, साउन ३० २०८३
ताजा अपडेट

कोरोनाबाट थप १३ जनाका मृत्यु, ७७६ संक्रमित थपिए


  • सोमबार, कार्तिक ८ २०७८
12K
SHARES

फाइल तस्विर

बितेको २४ घण्टामा कोरोनाभाइरसबाट १३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना संक्रमित थपिएका छन् भने ५०१ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ७२९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ११८ जना पुगेको छ ।

यस्तै हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा