शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से परिसूचक २७ अंकले बढ्यो, व्यापारबाहेक सबै उकालो


  • आइतबार, कार्तिक ७ २०७८
9.2K
SHARES

फाईल तस्बिर

७ असोज, काठमाडौं । साताको पहिलो दिन शेयर कारोबार मापक परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २४ अंकले बढेको छ । कारोबार रकममा भने उल्लास देखिएन । दिनभर भएका ३८ हजार १४७ कारोबारबाट ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने व्यापार समूह ३२ दशमलव ४७ अंकले घट्दा बाँकी सबै समहूगत सबइन्डेक्स बढेर उकालो लागेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा