शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देउवा र पौडेल कांग्रेसबाट ‘रिटायर्ड’ हुनुपर्छ : प्रकाशमान सिंह


  • शुक्रबार, कार्तिक ५ २०७८
12.8K
SHARES

तस्विरः फाइल

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् । धादिङ जिल्लामा भएको एक कार्यक्रममा बोल्दै सिंहले कांग्रेसको १४ औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार आफु भएको बताउदै पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नका लागि आफू नै योग्य भएको जिकिर गरेका थिए ।

वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेको आरोप लगाउँदै उनले आफू सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्दै हिँडेको बताए।

अझै दुई जिल्लाको सदस्यता विवाद भएकाले सो समाधान गरेर अब तोकिएकै समयमा महाधिवेशन गर्नै पर्नेमा उनले जोड दिए ।
फरक प्रसंगमा नेता सिंहले गणेशमानको परिवारले त्यग मात्र गर्नु पर्ने जस्तो ब्यबहार नेताहरुले गरेको बताउदै । यो माहाधिवेशनमा आफु सभापति लड्ने समेत बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा