शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

यो हो संसारको सबैभन्दा महंगो पानी, १ बोतलको मूल्य ७२ लाख


  • बुधबार, कार्तिक ३ २०७८
9.1K
SHARES

काठमाडौं । संसारमा एउटा यस्तो विशेष पानी पनि छ जसको एक सानो बोतलकै मूल्य ७२ लाख रुपैयाँ पर्दछ ।

Acqua di Cristallo Tributo a Modigaliani ब्राण्डको पानीलाई संसारको सबैभन्दा महंगो पानी मानिन्छ । फिजी र फ्रान्समा प्राकृतिम मूलबाट निस्किएको यो पानी शुद्ध र निर्मल त छ नै तर यसको प्याकिङ तथा बोतलका कारण यो बहुमूल्य बनेको हो । साथै यो पानी विशेष स्वादयुक्त तथा प्रचूर लवणयुक्त भएको बताइन्छ ।

७ सय ५० मिलिलिटर पानीको एक बोतलको मूल्य ७२ लाख रुपैयाँ बराबरको रकम पर्दछ । अक्वा दी क्रिस्टेलो ट्रिबूटो अ मोडिगलियानी नामक उक्त पानीको बोतल २४ क्यारेट सुनबाट बनाइएको हुन्छ ।

संसारको सबैभन्दा महंगो पानीको उक्त बोतलको डिजाइन विश्व प्रसिद्ध बोतल डिजाइनर फर्नान्डो अल्तामिरानोले गरेका हुन् । स्मरण रहोस् संसारको सबैभन्दा महंगो बोतल कान्येक डुडोगन हेरिटेज हेनरी चतुर्थको डिजाइनर पनि उनै फर्नान्डो हुन् । -एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा