शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दशैं बिदापछि सोमबारबाट खुल्यो सुन चाँदी बजार


  • सोमबार, कार्तिक १ २०७८
9.7K
SHARES

फाइल तस्विर

दशैं बिदापछि सुन चाँदी बजार सोमबारबाट खुलेको छ । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि सोमबारबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

दशैं बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले महँगो हुँदा चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आजका लागि छापावल सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । गत असोज २५ गते छापावल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा खरीद बिक्री भएको थियो ।

यस्तै तेजावी सुनको कारोबार मूल्य ९० हजार ८०० रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १२२५ रुपैयाँ आज कारोबार भईरहेको छ । असोज २५ गते चाँदीको भाउ तोलामा ११८० रुपैयाँ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा