मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले सुधार भएको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंकले बढेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले उकालो लागेको छ । व्यापारबाहेकका सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।
व्यापार समूहको उपसूचक भने ५६ अंकले घटेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने सुधार हुन सकेन । कारोबार रकम ३ अर्ब पनि पुग्न सकेन ।
दिनभर भएका ४१ हजार ५१ वटा कारोबारबाट ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँमा रोकिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।