आइतबार सेयर बजार परिसूचक (नेप्से) थप ५६ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५६.४८ अंकले घटेर २५ सय ७६.९५ विन्दुमा झरेको हो । यसअघि गत बिहीबार परिसूचक ३२ अंकले घट्दै २६ सय ३३.४२ विन्दुमा रोकिएको थियो ।
त्यसो त साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झर्न पुगेको छ ।
सबै उपसमूहहरु ऋणात्मक भएर बजारनै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेको छ । अधिकतम ५६ अंकले घटेको बजारमा आज फाइनान्स समूहको मात्र ४.३४ प्रतिशतले सूचक घट्न पुगेको छ ।
यस्तै, हाईड्रोपावर समूहको ३.९७ प्रतिशतले इन्भेष्टमेन्ट समूहको ३.८३ अंकले र होटल तथा पर्यटन समूहको ३.३३ प्रतिशतले घट्न पुगेको छ । आज कुल २३२ कम्पनीका ८ करोड ९४ लाख कित्ता माथिको सेयर बजारमा ५२ हजार ३९१ पटक किनबेच हुँदा ४ अर्ब ११ करोडको कारोबार भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।