शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से परिसूचक घट्ने क्रम रोकिएन


  • मंगलबार, असोज १२ २०७८
8.4K
SHARES

फाइल तस्विर

साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ । कारोबार रकम भने सोमबारको भन्दा केही सुधार देखिएको छ । सोमबार ५ अर्ब १२ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य मंगबलार घटेको छ । धेरै घट्नेमा फाइनान्स कम्पनीहरु देखिएका छन् । फाइनान्स कम्पनीको सवइन्डेक्स ७ दशमलव ३७ प्रतिशतले घटेको छ ।

मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मेगा बैंक लगायतका केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा