शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कुमारी बैंकले घोषणा गर्‍यो २.६७ प्रतिशत नगद लाभांशसहित ८.६८ प्रतिशत बोनस सेयर


  • मंगलबार, असोज १२ २०७८
7.9K
SHARES

फाईल तस्बिर

कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांशसहित सेयर बोनस बाँड्ने घोषणा गरेको छ । बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित ८.६७ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । यद्यपि, बैंकले हालसम्म आफ्नो साधारणसभा र बुक क्लोजको मिति भने तोकिसकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा