आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

शेयर बजारमा दोहोरो अंकको सुुधार !


  • KTM Khabar
  • मंगलबार, असोज ५ २०७८
2.2K
SHARES

फाइल तस्बिर

सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो ।

नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ०७ अंकमा पुगेको छ । दिउसो एक पटक ६४ अंकले बढेको थियो । तर बजार सम्हालिन नसक्दा अन्तिममा १३ अंकले बढेर बन्द भएको हो ।

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लास देखिएन । सोमबार साढे ८ अर्ब रुपैयाँको शेयर किनबेच भएकोमा मंगलबार भने ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बढेको बजारमा सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । यो कम्पनीको शेयर मूल्य ९८ दशमलव ९० रुपैयाँले बढेको छ ।

दोस्रोमा रुरु हाइड्रोपवरको शेयरम मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ । यसैगरी तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर ३८२ रुपैयाँ पुगेको छ । यस कम्पनीले आजमात्रै ८.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा