दश बर्से युद्ध गरेर पहिलो संविधान सभामा सबैभन्दा ठुलो दल भएको माओवादी पार्टी र त्यसको नेतृत्व कर्ता पुष्पकमल दाहाल अझै अहिले उनले नेतृत्व गरिरहेको माओ बदी केन्द्र पार्टी पहिलो हुने दाबी गर्छन् ।
तर माहौल फरक छ अहिले उनी सत्ता गठबन्धनको नाममा सरकारको यात्रामा त छन् । तर जनताको स्तरमा उनी दिनानुदिन अनपपुलर हुँदै आएको बताइन्छ ।
पहिले जस्तो उनको पार्टी एक ढिक्का पनि छैन । युद्धका सारथिहरूले एकपछि अर्को गर्दै छोड्दै छोड्दै गएको अवस्थामा उनी एक्लो जस्तो देखिएका छन् ।
सहयात्रा सँगै गरेका बाबुराम , मोहन वैद्य, विप्लव र रामबहादुर थापाहरू को कता छन् को कता छन् हिसाब किताब छैन । तर प्रचण्ड अझै हाम्रो पार्टी पहिलो हुने दाबी गरेको गरै छन् ।
सर्बसाधारण र सोसल साइट हरूमा प्रचण्डको आलोचना हेर्ने हो भने आगामी निर्वाचनमा प्रचण्डको पार्टी लड्दा खरानी भएर नाम निसाना समेत नरहने दाबी गर्छन् । हुन पनि प्रचण्डको लोकप्रियता खास जनतामा अहिले देखिँदैन ।
प्रचण्ड शान्ति प्रक्रियाबाट वर्तमान राजनीतिमा आई पुग्दा धेरै उतार चढावहरू भई सकेका छन् । उनी सँगै सहयात्रा गर्ने नेताहरूको एकै ठाउमा छैनन् । पार्टी खुम्चिएर झिनो भइसकेको छ । ओली सँग सहकार्य गरेर धन्न धन्न अगाडिको निर्बाचनबाट अस्तित्व जोगाएका प्रचण्ड गठबन्धन छोडेर चुनावमा जाने हो भने साँच्चिकै खरानिनै त हुने हैनन् भन्न सक्ने अवस्था छ ।
अगामी निर्वाचनमा पहिलो हुने दबी गरेका प्रचण्ड पहिलो हुन्छन् या खरानी हुन्छन् चुनावमा गएपछीनै प्रष्ट हुने एक राजनीतिक जानकार बत्ताउँछन् ।