कोरोनाभाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप बिहिबार नेपाल आउने भएको छ । सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।
व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप लिनका लागि भदौ ३० गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने तयारी छ ।
यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप आइसकेको छ । साथै सरकारले यही साताभित्र १ लाख डोज फाइजर खोप ल्याउने भएको छ ।
स्तनपान गराइरहेका महिला र १२ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुलाई लगाउन खोप ल्याउन लागिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।