शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

शेयर बजार र यस भित्रकाे सम्भावना


  • अर्जुन दाहाल
  • आइतबार, भाद्र २७ २०७८
11.8K
SHARES

लेखक अर्जुन दाहाल

शेयर बजार धेरै उतारचढाव आउने आर्थिक क्षेत्रहरु मध्येको पहिलो स्थान ओगट्ने जोखिम पूर्ण क्षेत्र हो। ‘मह काढ्नेले हात चाट्छ’ भनेझैं: जसले जोखिम बहन गर्न सक्दछ । जसको धैर्यता गर्ने क्षमता छ त्यसैले उक्त जोखिम बापत् प्रतिफल पनि पाउने अधिकार राख्दछ।

आगामी दिनमा आर्थिक लाभ वा हानी बारे विभिन्न दोस्रो बजारमा सूचीकृत कम्पनीहरु मध्ये कसले कति हदसम्म निरन्तर रुपमा यस सम्बन्धी खोज, अध्ययन तथा अनुसन्धान गर्न सक्दछ ? ततसम्बन्धी उसले कुन स्रोत मार्फत सूचनाहरु संकलन गरी प्रयोग गर्दछ ? जस्ता कुराले आगामी दिनमा उसले शेयरब जारमा के-कस्तो प्रतिफल लिन सक्दछ भन्ने कुरा निर्भर हुने गर्दछ।

प्राथमिक बजारलाई छोडेर नेपालको सम्बन्धमा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुलाई समय अवधिको हिसाबले दुई मुख्य भागमा विभाजन गरेर हेर्नुपर्दछ।

पहिलो: छोटो समय अवधिका लगानीकर्ता (न्यूनतम बहत्तर घन्टादेखि लिएर एक वर्षसम्म एकै कम्पनीमा लगानी गर्ने) जसलाई साधारण भाषामा “ट्रेडर” भनिन्छ। ट्रेडरमा बढी जोखिम बहन गर्ने अद्भुत क्षमता, बुद्धि-चातुर्यता, छोटो समयको भविष्यवाणी गर्न सक्ने , पूर्ण कालीन रूपमा यही क्षेत्रमा समर्पण, दैनिक रुपमा सूचना संकलन तथा प्रशोधन गरी निर्णय तत्काल लिन सक्ने जस्ता गुणहरू पाईन्छ । यति धेरै क्षमतावान् हुँदाहुँदै पनि वार्षिक आर्थिक नीतिहरु, सरकार परिवर्तन देखि लिएर सामान्य देश-विदेशका घटना परिघटना सम्बन्धी सूचनाका कारणले बढी जोखिममा पर्ने लगानीकर्ताहरुनै ट्रेडर हुन् भन्दा अत्युक्ति नहोला। कालान्तरमा गएर यस्ता लगानीकर्ताहरुमा प्रायजसो धैर्यता तुलनात्मकरुपमा घट्दै जाने हुनाले दीर्घकालीन रूपमा लिनसक्ने चक्रीय फाइदाबाट बन्चित हुन पुग्दछन्।

दोस्रो: लामो समयावधिका लगानीकर्ता (न्यूनतम एक वर्ष देखि लिएर माथि जति वर्ष सम्म पनि एकै कम्पनीमा लगानी गर्ने वा लगानी सार्दा पनि धेरै समय अवधि पश्चात मात्रै सार्ने) जसलाई साधारण भाषामा “इन्भेस्टर” भनिन्छ।

ट्रेडरको तुलनामा कम जोखिम बहन गर्ने ,अत्यन्त धैर्यवान, आफ्नु सम्पतिको भविष्यमा दिगो तथा निरन्तर चक्रीय विकासलाई गणना गर्ने क्षमता, प्रायः अन्य पेशामा पनि संलग्न, धेरै विकल्पका साथ भविष्य देख्ने, आफ्नो लगानी गरेका कम्पनीहरूको आधारभूत तथ्याङ्कहरु मध्यनजर पुर्याउने, लामाे समयको भविष्यवाणी गर्न सक्ने र यसका निमित्त ऐतिहासिक सूचना संकलन तथा प्रशोधन गरी चट्टान झै बजार तत्काल घटबढको पीडा र परिस्थितिमा प्रतिक्रिया नजनाउने, निडर एवम् गम्भीर सोच जस्ता सकारात्मक गुणहरू भएका जो कालान्तरमा सबैभन्दा बढी नाफाको भागिदार हुन्छन् । त्यस्ता लगानिकर्ताहरु यस वर्गमा पर्दछन्। दिर्घकालिन रुपमा असर पार्ने जस्तै आर्थिक,औद्योगिक, मौद्रिक नीति तथा देश-विदेशका घटना परिघटनाका कारणले गर्दा केही जोखिम महसूस गरे तापनि त्यसको खासै असर नपर्ने जस्ता गुणवान लगानीकर्ता यस वर्गमा पर्दछन्। कुनैपनि कम्पनीमा लगानी गरेर प्रचुर फाइदा कसैलाई हुन्छ भने त्यो दीर्घकालीन लगानीकर्तालाई हुन्छ।

उदाहरणका लागि, एउटा कम्पनीको एक सय कित्ता शेयर रु चार सय प्रति कित्ताको दरले किनियो जुन कम्पनीले कम्तिमा पनि वार्षिक रुपमा २० प्रतिशत शेयर लाभांश दिन्छ ।
यदि त्यो कम्पनीमा दीर्घकालीन रूपमा विष वर्षसम्म लगानी गर्न सकेको खण्डमा यसको सामान्य हिसाब गरेर हेरौं :
आफ्नु सुरुको लगानी (दलाल कमिसन सहित) =रु ४०,१९१ हुन्छ
२० वर्ष पछि, शेयर सङ्ख्यामा वृद्धि भएर =(१.२)^२०× सुरुको एक सय कित्ता =३८३३ कित्ता पुग्छ।
अझ बढी त्यस कम्पनीले व्यवसाय विस्तारका निमित्त राइट शेयर पनि दिने प्रायः प्रचलन रहेकाले २० वर्षको अवधिमा एकपटक १:१ निष्कासन गरेको खण्डमा : शेयर सङ्ख्यामा वृद्धि भएर : ३८३३×२=७६६६ कित्ता हुन पुग्दछ।
अब ,
२० वर्ष अघि रु ४०० मा किनेको शेयर पक्कैपनि बीस वर्षको अवधि तिर बजारमा बुल आएको बेला बेचीयो भने कम्तीमा रु ८०० को दरले त बेच्न सकिन्छ नै!

बेच्दा आउने रकम कुल रकम =७६६६×८००= रु६१ लाख भन्दा बढी हुन पुग्दछ।

प्रश्न: सम्पत्ति कति गुणाले बढेछ?
उत्तर: कम्तीमा पनि १५२ गुणाले !
प्रश्न : यो सम्भव छ?
उत्तर: बिलकुल छ!
प्रश्न: यदि सम्भव छ भने त्यसका लागि के के गर्नुपर्ने रहेछ?
उत्तर: माथि उल्लेखित दीर्घकालीन लगानीकर्तामा हुने गुणहरु आफूमा विस्तारै विकसित गर्दै जाने।
प्रश्न: विष वर्षको अवधिमा रु चार सयको शेयर रु आठ सयको मात्रै पुग्छर? के प्रतिकित्ता रु चार सयको सेयर रु दुई हजार पुग्न सक्दैन र?
उत्तर: उच्च आर्थिक वृद्धि हासिल गर्ने कम्पनीहरूमा अवश्य पनि सम्भव छ। केवल त्यस्ता कम्पनी छान्नका निमित्त निरन्तर रुपमा अध्ययन, अनुसन्धान एवं खोज गरिरहनु पर्दछ।
अर्को प्रश्न: ठीक माथिको विपरीत प्रतिकित्ता रु चार सयको शेयर रु एक सयमा झर्न सक्दैन?
उत्तर: बिलकुल सोक्दछ ।
शेयरबजारमा दीर्घकालीन लगानीकर्ताहरुले उच्चतम प्रतिफल लिन सफल हुन्छन्। छोटो समयका लगानीकर्ताहरु मध्ये ५ प्रतिशतले मात्रै कमाउन सफल हुन्छन् । बाकी ९५ प्रतिशतले केही समय कमाएको देखिएतापनि एउटामा कमाएको र अर्कामा गुमाएको हिसाब किताब गर्दा लगभग बराबर हुन्छन् वा अझ घाटामै जान्छन्।

त्यसैले ९५ प्रतिशत छोटो समयका लगानीकर्ताहरूलाई : “आया राम, गया राम, अन्तिममा ठण्डाराम!
आफ्नो लगानीलाई एउटै कम्पनीमा सिमित नराखेर कम्पनीको क्षमता हेर्दै क्षमता बढी भएकामा सार्दै पनि गर्न सक्नु पर्दछ।समयअनुसार कम्पनीहरु परिवर्तन गर्दै जानु पनि आफ्नो चातुर्यता एवं बुद्धिमानी हो।

अतः दीर्घकालीन रुपमा लगानी गर्छु भनी बुझ्नेका लागि शेयरबजार अथाहा ज्ञान र सम्पत्ति कमाउने भण्डार हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा