आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

एमसीसी पारित भए रक्तपात हुन्छ : नेकपा माओवादी केन्द्र समाजवादीको चेतावनी !


  • आइतबार, भाद्र २७ २०७८
8.6K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी पास भए रक्तपात हुने बताएका छन् । एमसीसी कुनै पनि हालतमा पास हुन नहुने उनको टिप्पणी थियो । एमसीसीले मुलुको अखण्डता माथि प्रहार गर्नलागेको समेत उनको भनाई थियो ।

नेकपा माओवादी केन्द्र समाजवादीले रिपोटर्स क्लबमा विभिन्न दलबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो । पार्टी प्रवेशको क्रममा बोल्दै सो पार्टीका नेताहरूले एमसीसीको चर्को विरोध गरेका थिए । एमसीसीले मुलुकलाई तहसनहस बनाउने तर्फ उनीहरूको जोड थियो ।

पार्टीका सचिव मिघ बहादूर खत्रीले एमसीसी पारित भए बागमतीमा रगतको खोला बग्ने टिप्पणी गरे । उनले भने,‘एमसीसी पास भए बागमतीमा पानी हैन् रगत बग्ने छ । एमसीसी पास गर्ने नेताको टाउकोले हामी फूटबल खेल्छौँ ।’

एमसीसीविरुद्ध डटेर लड्ने बताए । उनले एमसीसीको विरोध गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धन गर्ने नेताहरुलाई राजनीति छाड्न भने । खत्रीले भने, ‘ प्रचण्डको अहिले दुई धारमा देखिएका छन् । एमसीसी विरुद्व किन डटेर बोल्दैनन् ?’ उनले एमसीसीको विरोध गर्ने नेताहरुले सरकार छाडेर सडकमा आउनसक्नुपर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा