आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।