काठमाडौं, भदौ २४ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले घटेको महासंघको भनाइ छ ।
बिहीबार चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।