शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक


  • आइतबार, भाद्र २० २०७८
8.5K
SHARES

फाइल तस्विर

साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ ।

पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ । १ बजेसम्म १४७.३१ अंकले बजार घटेको छ ।

यो ५.०३ प्रतिशतको गिरावट हो । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड रहेको छ । अहिले बजार २७७९.६८ विन्दुमा झरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा