शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च गिरावट आएको छ । बिहीबार शेयर बजार मापक परिचूक नेप्से ५०.१३ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक २९२६.८६ को बिन्दुमा झरेको छ ।
बिहीबार सेन्सेटिभ परिसूचक पनि ८.९ अंकले घटेर ५४१.७७ मा झरेको छ । विहीबार १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । बिहीबार ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार १३ वटै उप समूहको शेयर मूल्य घटेको छ । यस दिन पहिलो पटक कारोबार भएको सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर ३३९ रुपैयाँ पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।