शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेस र एमाले परित्याग गरी पुरै गाउँ माओवादी केन्द्रमा प्रवेश


  • मंगलबार, भाद्र १५ २०७८
14K
SHARES

फाइल तस्विर

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा नम्बर १ को १ गाउँ पुरै माओवादीमा प्रबेश गरेको छ । द लास्ट रिसोर्टमा आजजित नेकपा माओवादी केन्द्रको वडा भेला कार्यक्रममा पुरै गाउँ माओवादीमा प्रबेश गरेको हो ।

कार्यक्रममा वडा भर रहेको माओवादी केन्द्रको समर्थकहरुको ठूलो जमात रहेको थियो भने कांग्रेस र नेकपा एमाले छोडेर सयौं मानिसहरू माओवादीमा प्रवेश गरेका थिए ।

कार्यक्रम तथा नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नको लागि बाग्मती प्रदेश सचिवालय सदस्य सरल सहयात्री पौडेल, भोटेकोसी गा.पा.का अध्यक्ष राजकुमार पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा समग्र लिस्तीको विकास र समृद्धिको विषयमा बहस हुनुको साथै आगामी दिनमा पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमा पनि छलफल भएको छ।

कार्यक्रममा नेकपा एमालेका झुजारु युवा हिरा प्रधानको समूह नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

लिस्तिकोट गा.वि.समा अब आउँदा दिनहरुमा विकासको नारालाई अगाडि बढाउने हो भने नेकपा माओवादी बाहेक अरु विकल्प नरहेको साथै देशमा जती पनि परिवर्तन भएको छ यसको सबै कारण माओवादी रहेको स्पष्ट रुपमा बुझेको हुँदा आफू लगायत आफ्नो समूह अरु पार्टी त्याग गरी माओवादीमा प्रवेश गरेको प्रधानले बताए ।

भाल्डुङ, पाङ्लाङ, काउले र नयाँपुल टोलको प्रत्येक मानिसहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने छ्याङ्सिङ्ग ,तुसारे, च्याम्नासा, बशिसा, धारापानी काङ्लाङ र सेबुङ टोलका ठूलो समूह पनि पार्टी प्रवेश गरेको छ ।

साथै अन्य भेगबाट पनि नेकपा काङ्ग्रेस, राप्रपा, नेकपा एमाले परित्याग गरी नेकपा माओवादीमा आउनेको जमात ठूलो रहेको थियो ।

कार्यक्रममा नेता पौडेलले लिस्तिको विकास गर्नको लागि अब अधिकार भनेको टोल टोलमा जानु पर्छ भन्ने भिजनका साथ आफ्नो भनाई राखेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा