तीब्र गिरावटमा रहेको सेयर बजार परिसूचक नेप्से २९ सयको हाराहारीमा झर्न पुगेको छ । अघिल्लो साता करिब ३२ सयको हाराहारीमा रहेको नेप्से परिसूचक सातामा दुई सय अंक माथिले घट्दै मंगलबार २९ सय ७५.८४ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज मंगलबार नेप्से परिसूचक एकैदिन ६९.०५ अंकले घट्दै २९ सय ७५.८४ विन्दुमा झरेको छ । त्यसो त नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १२.३४ अंकले घट्दै ५५०.५२ विन्दुमा झर्न पुगेको छ ।
यस दिन सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा सेयर बजार नै राताम्मे बनेको छ । तथापि, ६९.०५ अंकले घटेको बजारमा कारोबार रकम भने खासै बढ्न सकेन ।
नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३१ लाख कित्ता माथिको सेयर १ लाख ३० हजार बढी पटक बजारमा किनबेच हुँदा जम्मा १३ अर्ब २५ करोड ९६ लाखको कारोबार भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।