प्रस्तावित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले वामदेव गौतम एमालेबाट राजीनामा नै दिएर आउने बताउँदै उहाँमा दल बदलको कानुन आकर्षित नहुने बताएकी छन् । एमालेमा मर्ज भएको मध्यमार्गी धारको विषयमा झाँक्रीले उनीहरुका लागि पार्टीको ढोका खुला राख्नुपर्ने बताइन् ।
झाँक्रीले दल दर्ताको प्रक्रियालाई लिएर निर्वाचन आयोगले आफूहरुप्रति पूर्वाग्रह देखाएको आरोप समेत लगाएकी छन् । आज आयोगमा आउने जोकोही केन्द्री सदस्य वा सांसदको आयोगले सनाखत गर्नुपर्ने उनको भनाइ छ ।
निर्वाचन आयोगमा पार्टीका नेताहरुको सनाखत प्रक्रियया चलिरहँदा झाँक्रीले पत्रकारहरुसँग आफ्नो असन्तुष्टि पोखेकी हुन् ।
उनले भनिन्, ‘विगतका अभ्यासलाई पनि हेर्नुपर्छ । विगतमा विदेशमा बसेकाहरुको पनि सनाखत भएको उदाहरण छन् । साथै, आज एमालेको १५४ जनाको संसदीय दल वा २०३ जना केन्द्रीय सदस्यहरु जो आएर यता उभिन्छौं, सनाखत गर्नुपर्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।