शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो !


  • बुधबार, भाद्र ९ २०७८
8.2K
SHARES

फाइल तस्विर

आज बुधबारदेखि तेह्रथुम पावर कम्पनीले ८ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कुल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

भदौ ९ (बुधबार) देखि १३ गतेसम्म जारी रहने कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस्तै तोकिएको अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म आवेदन खुल्ला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा