के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएकाे छ ? यस्ता घाउ खटिराकाे समस्या बढेर जटिल समस्या पनि आउन सक्छ ।
घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।
त्यसैले मुखको घाउ, खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्:
– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने
-पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
-हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
-मह घाउमा लपक्क लगाउने
-बढी चिल्लो नखाने
-हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने
-पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
-बदाम भिजाएर खाने
-निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
-जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।