शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मानुषीको आईपीओ बाँडफाँड भयाे, यसरी हेर्नुहोस् नतिजा


  • सोमबार, भाद्र ७ २०७८
7.5K
SHARES

फाइल तस्विर

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले आईपीओ बाँडफाँड भएको छ । सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर ९(आईपीओ) आजै बाँडफाँड भएको हो ।

सोमबार निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथाबाट बाँडफाँड भएको थियो ।

अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना योग्य आवेदकलाई समावेश गराइएको थियो ।

गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका छन् । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन् । बाँकी २३ लाख २४ हजार आवेदकको भने हात खाली भएको छ ।

आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको जततउकस्ररष्उयचभकगति https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा