मौद्रिक नीति पछिको दोस्रो कारोबार सोमबार शेयर बजार करिब ६ अंकले बढेको छ । नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अंकमा पुगेको हो ।
नेप्सेपरिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५६ अंकले बढेको छ । सेयर कारोबार रकम भने १६ अर्ब पनि पुगेन । यस अघि आइतबार नेप्से परिसूचक २४ अंकले घट्दा २१ अर्ब नाघेर सेयर कारोबार रकमले नयाँ इतिहास बनाएको थियो ।
सोमबार १ लाख ५९ हजार ९३ कारोबारबाट १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँ पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।