साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलव ४५ अंकमा झरेको छ । यस अघि मंगलबार र बुधबार लगातार नेप्से परिसूचक बढेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।
सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेको छ । कारोबार रकम पनि बढेको छ । दिनभर भएका १ लाख ३५ हजार ४२ कारोबारबाट २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ पुगेको छ । समूहगत सबइन्डेक्सहरुमा विकास बैंक समूह भने १०८ अंक भन्दा धेरैले बढेको छ ।
बैंकिङ समूह पनि झिनो अंकले बढ्दा बाँकी सबै समूहका सबइन्डेक्सहरु घटेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।