शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से १२.०५ अंकले बढ्यो, कारोबार रकममा उल्लेख्य वृद्धि


  • बुधबार, साउन २० २०७८
8.6K
SHARES

फाइल तस्विर

उच्च कारोबार रकमसहित बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार १२.०५ अंकले बढेर नेप्से ३१२३.१५ विन्दुमा पुगेको छ ।

बुधबार लगानीकर्ता भने जलविद्युत समूहमा झुम्मिएका छन् । जलविद्युत समूहको परिसूचक ५.८१ प्रतिशतले वृद्धि भएको छ । बुधबार जलविद्युत बाहेक बैंकिङ, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक हरियो रह्यो । अन्य समूहको परिसूचक भने घटेको छ । बुधबार कुल २२५ कम्पनीको १ लाख ४४ हजार ८ सय ८७ वटा कारोबार भएको छ । यसबाट कुल २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रह्यो । बुधबार एक दर्जन कम्पनीको मूल्य सर्किट स्तरमा बढेको छ । अपि पावर कम्पनी, खानीखोला जलविद्युत, दिव्येश्वरी हाइड्रोपावर, कालिका पावर, माथिल्लो तामाकोशी सहितका कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा बढी गुमाउने कम्पनीमा भने ङ्याग्दी ग्रुप पावर, लक्ष्मी इक्विटी फण्ड, पोखरा फाइनान्स लगायत कम्पनी छन् । यस दिन सबैभन्दा बढी कारोबार भने अपि पावर कम्पनीको भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा