सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।
यस दिन तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको छ ।
तर, यता चाँदीको मूल्य भने केही दिन यताको लगातार स्थिरता सोमबार समेत कायमै राख्दै प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।