शनिबार, असोज १० २०८३
ताजा अपडेट

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, कारोबार रकम भने घट्याे


  • बुधबार, साउन १३ २०७८
16.9K
SHARES

फाइल तस्विर

सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो ।

यस अघि मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । बुधबार पुनः नयाँ रेकर्ड कायम भएको छ ।

नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने स्थिर देखिएको छ । नेप्से परिसूचकले नयाँ रेकर्ड राखे पनि कारोबारमा खासै उत्साह देखिएन ।

दिनभर भएका १ लाख २८ हजार ७८० कारोबारबाट २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ पुगेको छ ।

कारोबार रकम मंगलबारको भन्दा करिब २ अर्ब रुपैयाँ कम हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा