शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, १५ अर्बमाथि कारोबार


  • KTM Khabar
  • मंगलबार, साउन १२ २०७८
4.4K
SHARES

फाइल तस्विर

नेप्से परिसूचक आज २९.२४ प्रतिशतले बढ्दै अहिलेसम्मकै उच्च ३०७९.६७ विन्दुमा पुगेको छ । यो भन्दा अघि गत आइतबार नेप्से परिसूचकको उच्च विन्दु ३०५८.६४ रहेको थियो । आज कारोबार रकम पनि बढेको छ ।

३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर किनबेचमा १५ अर्ब १७ करोड ६५ लाख १ हजार ६४३ रूपैयाँ कारोबार भयो । यो असार १ पछिको धेरै कारोबार हो । आज बैंकिङ, व्यापार, होटल एण्ड टुरिजम तथा माइक्रोफाइनान्स घटे पनि अन्य समूहका उपसूचकमा हरियाली छाएको छ । हाइड्रोपावरका सेयरधनीले धेरै कमाएका छन् ।

आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको ४९ करोडको कारोबार भयो । आज घाम्देली हाइड्रोपावर लिमिटेडलगायत ७ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा