काठमाडौं । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो ।
६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पाँच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ ।
त्यसपछि बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत सेयर आईपीओमार्फत बिक्री गर्न लागेको हो ।
आईपीओमा साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आईपीओ बिक्री नभएर भदौ २ गतेसम्म आवेदन दिने म्याद छ । निवेदकले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।