शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

सेयर बजारमा बैंकिङ समूह हावी, नेप्से ५४ अंकले बढ्यो


  • KTM Khabar
  • आइतबार, साउन १० २०७८
2.5K
SHARES

फाइल तस्विर

साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढ्दै ३०५८.६४ विन्दुमा पुगेको छ । यो परिसूचक अहिलेसम्मकै उच्च अंक हो । आज धेरै दिनपछि कारोबार रकम बढ्दै १४ अर्बमाथि पुगेको छ ।

यसअघि गत असार १ गते १६ अर्ब ५२ करोड कारोबार भएको थियो । आज ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर किनबेचमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रूपैयाँ कारोबार भयो । आजको बजारमा बैंकिङ समूह हावी भएको छ । यो समूह ३.४३ प्रतिशतले वृद्ध भएको हो ।

यसैगरी, हाइड्रोपावर कम्पनी पनि २.३९ प्रतिशतले बढेको छ । आज होटल एण्ड टुरिजम् र म्यूचल फण्डबाहेक सबै समूहका उपसूचकहरूमा हरियाली छयो ।

आज नेपाल बैंक, ग्लोवल आईएमई, एनसीसी, एनआईसी एसियालगायत बैंकको सेयर कारोबार बढी भयो । आज नेपाल बैंकको ४९ करोड सेयर कारोबार भयो । ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा