शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

राष्ट्रिय सहकारी बैङ्कको नाफा १ अर्ब ६६ लाख


  • शुक्रबार, साउन ८ २०७८
11.5K
SHARES

राष्ट्रिय सहकारी बैङ्कले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा अधिकतम १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २०७६/७७ मा कुल ६८ करोड २८ लाख ८१ हजार मात्र कमाएको बैङ्कले गत वर्ष अधिकतम ४७.४१ प्रतिशतले बढी नाफा कमाएको हो ।

बैङ्कका अनुसार गत आ.व को असार मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधारले यस्तो नाफा बढाउन बैङ्क सफल भएको हो । अघिल्लो आ.व को असार मसान्तमा १ अर्ब १० करोड ७९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैङ्कले गत आ.व को सोही अवधिमा १ अर्ब ७४ करोड १८ लाख ३० हजार रुपैयाँ पुगेको जनाएको छ ।

यस्तै सञ्चालन मुनाफा पनि ४४ करोड ६६ लाख ३४ हजार रुपैयाँबाट बढेर ६६ करोड ५० लाख ६३ हजार रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । यद्यपि, सो अवधिमा बैङ्कको नाफामा उल्लेख्य वृद्धि देखिए पनि खराब कर्जाको दर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकतम ९८.५७ प्रतिशतले बढेर १.३९ प्रतिशत पुगेको बैङ्कले जनाएको छ । अघिल्लो आ.व को असार मसान्तमा बैङ्कको यस्तो खराब कर्जाको दर ०.७० प्रतिशत मात्र रहेको थियो ।

हाल बैङ्कको गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ८७ करोड ३२ लाख ७१ हजार रुपैयाँ सेयर पुँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड ३ लाख २६ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आ.व को असार मसान्तसम्म १४ अर्ब ८६ करोड १ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको बैङ्कले गत आ.व.को सोही अवधिसम्म आइपुग्दा १९ अर्ब ७६ करोड १ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा