शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यातायात व्यवसायीले निकाले र्‍याली, अफिस टाइममा काठमाडौँ अस्तव्यस्त


  • बिहिबार, साउन ७ २०७८
14.7K
SHARES

फाइल तस्विर

भाडा बढाउनु पर्ने र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् । र्‍यालीको कारण अफिसटाइममा काठमाण्डौँका सडक अस्त ब्यस्त देखिएको छ ।

व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बिभिन्न स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने बनाईएको छ ।

र्‍यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइन देखिन्छ । साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या पनि देखिएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा