सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले सानिमा लाइफलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता, मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सामलिङ्ग पावर कम्पनीले पनि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।
सानिमा लाइफले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक भने प्रभु क्यापिटल रहेको छ ।
मानुषी लघुवित्त वित्तीय संस्थाले पनि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ ।
लघुत्तिको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
यस्तै सामलिङ्ग पावर कम्पनीले पनि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट क्यापिटल रहेको छ ।