बुधबार, साउन १३ २०७८
ताजा अपडेट

सेयर बजार परिसूचकमा झण्डै सय अंकको वृद्धि


  • KTM Khabar
  • आइतबार, साउन ३ २०७८
1.2K
SHARES

फाईल तस्बिर

नयाँ सरकार गठनसंगै एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र वृद्धि देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको छ ।

आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो बजारमा कारोबार भएका १३ वटै परिसूचकमा आइतबार वृद्धि हुँदा पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भयो । आइतबार दोस्रो बजारमा २१७ कम्पनीको १२ करोड ३० लाख ४५ हजार ६०६ कित्ता सेयर कारोबार भएको थियो ।

आइतबार विकास बैंक उपसमूह र बैंकिङ उपसमूह सबैभन्दा धेरै बढेका छन् । विकास बैंक उपसमूह ५.०५ प्रतिशतले बढ्दा र बैंकिङ उपसमूह ४.७१ प्रतिशतले बढेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको पक्षमा सकारात्मक अभिव्यक्ति दिएका थिए । बजारका सूचकहरु सकारात्मक रहेको र बैकिङ संस्थागत लगानीकर्ताहरुको डिमाण्ड पक्ष हाबी हुँदा बजारमा नयाँ संकेत देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा